Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ ट्राफिक प्रहरी दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक राडरगन सहित चेकजाँच

दाङ । पुर्वपश्चिम राजमार्गहरूमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि दाङ जिल्ला ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै (राडरगण) चेकजाँच गर्न थालेको छ ।

सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा दाङ ट्राफिक प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।

ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।

सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अध्ययनले बताउँछ ।

यिनै कारणलाई रोक्न दाङ जिल्ला ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै राडरगण चेकजाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताउनु भयो ।

ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लसहित पूर्वपश्चिम राजमार्गमा पर्ने तिव्र गतिका कारणले हुन सक्ने संभावित सवारी दुर्घटनालाई न्युनिकरण गर्न लुम्बिनी प्रदेशको जिल्ला देउखुरी मसुरिया देखी अमिलियासम्म पुर्ब पश्चिम राजमार्ग अन्तर्गतका ३ स्थानहरूमा (राडरगन) को प्रयोग गरी बिभिन्न सवारी साधनहरूको गति चेकजाँच गर्दा १५ वटा सवारी साधनका चालकहरूलाई कारवाही गर्नुका साथै २५ वटा बिभिन्न सवारी साधनका चालकहरूलाई सम्झाई बुझाई तिव्र गति जिवन क्षति” तिव्र गतिमा सवारी साधनहरू नचलाउनु हुन सम्पूर्ण चालकहरूलाई दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले अनुरोध गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation