शुक्रबार, माघ २४, २०८२

राजमो दाङले २७ गते घण्टदेव सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम गर्दै

दाङ २५ श्रावण । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले  हिरक जयन्ती मनाइरहेको छ ।

गत बैशाख १८ गते मजदुर दिबसका दिन उद्घाटन भएर आगामी बैशाख १९ गते सम्म पूरा १ बर्ष उक्त कार्यक्रम संचालन हुने भएको छ । त्यही दौरानमा राष्ट्रिय जनमोर्चाले पनि विभिन्न कार्यक्रम गरीरहेको छ । आगामी असोज महिनामा हजारौंलाई राष्ट्रिय जनमोर्चामा संगठित गर्ने योजना सहित संगठन निर्माण अभियान चल्दैछ ।

आज नेपाली कम्युनिस्ट आन्दोलन जुन स्थानमा छ, त्यसको लागि हजारौंको लगानी छ । कम्युनिस्ट आन्दोलन भित्र विभिन्न उतारचढाव भएतापनी कुनै न कुनै रुपमा सबैको योगदान रहेको छ ।

त्यही कुरालाइ ध्यानमा राखी दाङको कम्युनिस्ट आन्दोलनमा  लामो र अबिचलित योगदान पुराउनु भएका राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपाली, सस्थापक सचीव नारायण प्रसाद शर्मा, दाङको पुरानो बाहुल्यता भएको जाती थारु जाति बाट दाङको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका भगवती प्रसाद चौधरीबाट उद्घाटन गरि दाङ देउखुरी राप्ती गाउपालीका ३ स्थित घण्टदेब समुदायिक बनमा यहि श्रावण २७ गते बृहत्  बृक्षारोपण कार्यक्रम हुदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation