दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्र सहित नगद प्रदान गरेर पुरस्कृत गर्नु भएको हो ।
उहाँ नयाँ युगबोध राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन, देश सञ्चार अनलाइन लगायतका सञ्चार माध्यममा कार्यरत रही समसामयिक बिषयमा कलम चलाउदै आउनु भएको छ । घिमिरे सहित देशभरका बिशिस्ट योग्दान गरेका पत्रकारलाई पुरस्कृत गरिएको हो ।
प्रेस काउन्सिल नेपालको ५३ औं बार्षिकत्सवमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।