Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्व. किशोर पुन(बने दाई) स्मृती रनिङ शिल्डको प्रथम उपाधी आयोजक युनाइटेड लालमटिया युथ क्लवलाई

देउखुरी । प्रथम स्व. किशोर पुन(बने दाई) स्मृती रनिङ शिल्ड फुटबलमा अयोजक समुह युनाइटेड लालमटिया युथ क्लवले शिल्ड हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा एपिएफ चन्द्रौटालाई १–० को अन्तरले हराउदै युथ क्लवले शिल्ड, ट्रफिसहित पचास हजार हात पारेको हो । एफिएफले भने दोस्रो हुदै पच्चिस हजारमा चित्त बुझाएको छ ।

पहिलो हाफ बराबरीमा रुकेको खेलमा दोस्रो हाफमा युथ क्लबका ब्रिजेश विष्टले कर्नर किकमा हेड गर्दै गरेको गोल नै निर्णायक हुन पुग्यो ।

६ दिन देखि जारी खेलमा १२ वटा क्लवले भाग लिएका थिए ।

विजेता समुह युनाइटेड लालमटिया युथ क्लवलाई स्व. किशोर पुन (बने दाई) को आमाले ट्रफि प्रादन गर्नु भएको थियो । त्यसैगरी खेलाडीलाई एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसीले प्रमाण पत्र प्रदान गर्नु भयो भने वडा नं. २ का बडा अध्यक्ष पहलमान चौधरी र ३ का वडा अध्यक्ष उमेश अधिकारीले टिका लगाई दिनुभएको थियो । बिजेता र उपबिजेता समुहलाई भाई तिलक पुनले रकम हस्तान्तरण गर्नु भएको थियो ।

उत्कृष्ट खेलाडी युथ क्लवका ब्रिजेश बिष्टले गोल्डेन बल, उत्कृष्ठ गोलकिपर बिकास राईले गोल्डेन ग्लोब्स र एपिएफका महेन्द्र साहीले धेरै गोल गर्दै गोल्डेन बुट हात पारे । उनीहरुलाई स्व. किशोर पुन(बनेदाई) की दिदि, भिनाजु, श्रीमतीले गोल्डेन बल, ग्लोब्स, बुट प्रदान गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation