बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

शिक्षा सुधारका लागि गढवा गाउँपालिकाले गर्यो ३६ शिक्षकको पदस्थापन

गढवा ३२ श्रावण । दाङको गढवा गाउँपालिकाले गाउँपालिकाभरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ ।

गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी, बिध्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ । जस अनुसार प्रथामिक तहका १५ जना, निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना शिक्षक लाई पदस्थापन गराएको गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।

जनप्रतिनिधि आएको एक बर्ष समय पुरा भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा माथी प्रश्न चिन्ह उठिरहेको थियो । पर्याप्त शिक्षक भएर पनि दरबन्दी मिलान नहुदा शिक्षाको सुधारमा खासै अन्तर नरहेको समयमा दरबन्दी मिलानले गुणस्तरीय शिक्षाको लागि ठुलो सहयोग हुने अपेक्षा गरिएको छ ।

शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयमा पढाइमा समेत प्रभाव देखिने गरेकोले शिक्षामा आमुल परीवर्तनको लागि अथक प्रयास गरेर शिक्षक दरबन्दी मिलानमा प्रक्रिया अघि बढेको र यसमा सबैको साथ र सहयोग भएको बताउदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको शिक्षा सुधारको लागि कुनै असर बाँकी नछोड्ने बताउनुभयो ।

विद्यालयमा रहेको शिक्षक दरबन्दी, विद्यार्थी संख्या एकिन गरेर पठनपाठनलाई मध्यनजर गर्दै दरबन्दी मिलान गरिएको र यसबाट सकरात्मक नतिजा आउनेमा आफु बिस्वस्त रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

केही विद्यालयमा शिक्षकको संख्या बढी थियो भने केही विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या कमी थियो । विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी नहुँदा शिक्षाको गुणस्तर पनि सोचेको जस्तो थिएन अध्यक्ष पोख्रेलले भन्नुभयो ।

पदस्थापन कार्यक्रम बोल्दै गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्याम बहादुर बिकले धेरै पटक सोच बिचार गरेर गरेकोले निर्णय भएकोले कुनै संकोच नमान्न सबैमा अनुरोध समेत गर्नु भयो । कक्षा आठको नतिजा लगाएतको स्थिति लाई मनन् गर्दा शिक्षक पदस्थापनको बिकल्प नरहेको बताउदै प्रमुख बिकले गाउँपालिकाको समग्र शिक्षा जगतलाई नमुना बनाउन र शिक्षामा गुणस्तर ल्याउन शिक्षक पदस्थापनको कार्यक्रम अघि बढाएको बताउनुभयो ।

अहिले बिषयगत शिक्षक, बिध्यार्थीको संख्यालाई बिशेष ख्याल गरीनुको साथै मुल बिषयहरुको दरबन्दी प्रायः सबै विध्यालयमा मिलान हुने गरी यो दरबन्दी मिलान गरिएको प्रमुख बिकले जानकारी दिनु भयो ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रथामिक तहकी शिक्षक रिता शर्माले शिक्षक पदस्थापनले गुणस्तरीय शिक्षामा धेरै राम्रो प्रयास भएको बताउनुभयो । दुरदराजका शिक्षकहरु लाई आवतजावतमा निकै समस्या हुने गरेको स्मरण गर्दै दरबन्दी मिलानकोकार्य पालिको शिक्षा क्षेत्रमा भएको ठुलो कार्य भएको बताउनु भयो ।

त्यसैगरी हाल सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा अध्यापन गराउदै आउनु भएका माध्यमिक तहका स्थायी शिक्षक हिमाल प्रकाश अधिकारीले शिक्षक पदस्थापनले शिक्षा सुधारमा बरदान सावित हुने बताउनु भयो । हामी शिक्षक हरु केही केही समस्या भएता पनि समग्र शिक्षालाई हेर्ने हो भने पालिकाको यो निर्णय सरहनिय काम भएको बताउनुभयो ।

शिक्षक पदस्थापन कार्यक्रम गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक रविलाल माझीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation