गढवा ५ भदौ । दाङको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हब संभाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो ।
सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गढवा गाउँपालिकाका वडा नं. ३ का वडा सदस्य आशाराम चौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गढवा गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल र वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु सदस्य रहनु भएको छ । उक्त टोली सेरामिक हब सम्भाव्यता अध्ययन समितिले अध्ययन पश्चात प्रतिवेदन पेश गर्ने सम्भाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो ।
गढवामा माटोको भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न गढवा गाउँपालिकाले पहल सुरु गरेको छ र ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको गढवा पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्य अनुसार गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउने तर्फ पालिका निरन्तर लागि परेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
सम्भाव्यता अध्ययन टोलीले गढवा, पत्रिङ्गा, खैरा र पचाहका लगाएतको ठाउँमा अध्ययन गर्ने र गढवा गाउँपालिकामा समेत जनप्रतिनिधि तथा प्रशासनिक संग छलफल गरेको छ भने। हाल यि ठाउँहरुमा बसोवास गर्ने कुमाल र चौधरी समुदायका व्यक्तिहरुले गमला, खुत्रुके, गाग्री, दियो लगाएतका सामाग्री बनाउने र बिक्री वितरण गरिरहेका छन् । तर गढवा गाउँपालिकाले ति सिपलाई आधुनिकीकरण गर्दै कप, प्लेट, घर सजावटका सामाग्री, गरगहना, मुर्ती लगायतका सामाग्रीमा उत्पादन गर्ने र त्यसलाई दिश बिदेशमा निर्यात गर्ने उद्देश्यले सेरामिक हब नै बनाउन पालिका लागिपरेको छ ।
सम्भाव्यता अध्ययन टोलीले गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल बस्तीमा माटोका भाँडा बनाउने समुदायहरु संग छलफल गरेको छ ।छलफलका क्रममा युवा नेता तथा युवा गणेश कुमार कुमालले माटोको भाँडा निर्माणमा परनिर्भर भएको बताउनुभयो । बाउ बाजेको पाला देखी माटोको भाँडा निर्माणमा नै निर्भर भएता पनि हालको युवा पुस्ताले भने माटोको भाँडामा आफ्नो भविष्य नदेखिएकोले अन्य पेशामा लाग्न थालेको बताउनुभयो । बिध्धुतिय प्रविधि र मेसेनरी प्रविधिबाट माटोको भाँडाको निर्माणमा धेरै आसा पलाएको बताउनुभयो । उत्पादन भए बमोजिम बजारीकरणको व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास भएको बताउदै कुमालले युवा पुस्ता लाई माटोको भाँडा बनाउने पेशामा पुनः लाग्न बिशेष पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी सेरामिक हब सम्भाव्यता अध्ययनका लागि आउनु भएका सेरामिक बिज्ञ गोपाल कलाप्रेमीले सेरामिक हबले गढवा गाउँपालिका र माटोको भाँडा बनाउनेहरुको जिवन यापनमा आमुल परिवर्तन आउने बताउनु भयो । गढवाको बिभिन्न ठाउँको माटो परीक्षण गर्दा सेरामिक हब बनाउन सकिने र कुनै समस्या नआउने बताउनु भयो । गढवाको माटोबाट एकदमै पातला भाँडा पनि बनाउन सकिने विशेषता रहेको बताउनुभयो । गढवाको जस्तो माटो नेपालका अरु ठाउँमा नभएको बताउदै भन्नु भयो-‘ यहाँको माटोमा झण्डै ११ सय डिग्री सेल्सियससम्म ताप सहन सक्ने क्षमता छ ।’ माटोमा ठुलो सम्भावना देखिएको बताउनुभयो ।
हाल काठदाउराको जोहो गर्न गाह्रो हुने र त्यसबाट वातावरण पनि प्रदूषित हुने गरेकोले पहिलो चरणमा परम्परागत भट्टीको सट्टा विद्युतीय भट्टी निर्माण गरिएको छ ।प्रदेश सरकारको सहयोगमा खैरा, गढवा र पत्रिङ्गा तीनवटै गाउँमा इलेक्ट्रिक भट्टी निर्माण भएको छ ।