मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन

भालुवाङ ८ भाद्र । राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्षतामा समिति गठन गरेको छ ।

सदस्यहरुमा रञ्जना सुनाम, अमृता परियार, सीता गहामगर, पार्वती भट्टराई, चमेली घर्ती र हेमराज बिष्ट चयन हुनुभएको छ भने सचिवमा प्रधानाध्यापक सविता चौधरी रहनु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज बिष्टको अध्यक्ष्यतामा सम्पन्न अभिभावक भेलालाई प्रमूख अतिथि तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काले शुभकामना मन्तब्य दिनु भएको थियो ।

त्यसै गरी भेलालाई बिद्यालयका संस्थापक तथा पूर्व अध्यक्ष महेशचन्द्र रिजाल, कर्ण पाैडेल, शिक्षाप्रेमि शुष्मा आचार्य, स्मृति अक्षयकोष दाता ठाकुर प्रसाद आचार्य, प्रवीण थापा, स्मृति अक्षयकोष दाता बाबुराम थापा र विद्यालय व्यवस्थापन समिति सदस्य जीत बहादुर घर्ति लगायतले शुभकामना दिनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक सविता चौधरीले विद्यालयको शैक्षिक गतिविधि बारे प्रकाश पार्नु भएको थियो ।

सोही समारोहमा विद्यालयका संस्थापक सल्लाहाकार स्वर्गिय डिल बहादुर मल्लकी धर्मपत्नी लिला मल्लले आफ्ना पतिको स्मृतिमा नगद रू पचास हजार अक्षयकोष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सविता चौधरीलाई हस्तारण गर्नु भएको थियो ।

सहायक प्रधानाध्यापक रेमा राणाको संचालन र शिक्षिका हुमाकला भण्डारीको स्वागत् मन्तब्य शुरु भएको अभिभावक भेलामा बिद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय ओमप्रकश क्षेत्रीकी धर्मपत्नी विमला खत्रीलाई प्रमुख अतिथि वडा अध्यक्ष खड्काले सम्मान गर्नू भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation