मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीको फोहरमा राजनीति, सरसफाई केन्द्रको स्थानीयबासीहरुद्धारा बिरोध

राप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ ।

फोहर व्यवस्थापन गर्ने स्थान नहुदा भालुवाङबासीको फोहर फाल्ने स्थान राप्ती नदिको पुल बनेको छ । जो लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेश द्धार हो । जहाँ फोहरको डङ्गुर बन्दा राप्ती गाउँपालिकालाई थप चुनौती थपिएको छ ।

स्थानीय नयाँ जनप्रतिनिधि आएसँगै यसको समस्या समाधान हुने धेरैको अपेक्षा थियो । तर फोहर व्यवस्थापन समस्या समाधान गर्न पालिका लागिपरेता पनि स्थानीयहरुको साथ सहयोग भने पाउन सकिरहेको छैन । एकिकृत नगरजन्य फोहरमैला व्यवस्थापन गर्न पालिकाले श्रोत व्यवस्थापन प्रा.लि. सँग विभिन्न चरणमा छलफल गरिरहेको छ ।

श्रोत व्यवस्थापन प्रा.लि. सँगको छलफल पछि राप्ती गाउँपालिले वडा नं. ४ मौरीघाट सुन्दरपुरमा सरसरफाई केन्द्र निर्माण गर्ने तयारी गरिरहेको छ । पालिकाले मौरीघाट सुन्दरपुरको स्मृति घिमिरेको पाँच कट्ठा जग्गा गत भदौ १६ गते बार्षिक १५ हजारका दरले भाँडा बुझाउने गरी पाँच बर्षका लागि भाडामा लिई उक्त सरसफाई केन्द्र निर्माणको काम शुरु गरेको छ ।

यससँगै धेरैको मनमा लागेको थियो अव राप्ती गाउँपालिका भित्र फोहरको समस्या समाधान हुन्छ । तर उक्त अत्याधुनिक सुविधा सम्पन्न सरसरफाई केन्द्र निर्माण स्थलका बिषयमा स्थानीयबासीहरुले बिरोध जनाएका छन् । उनीहरुले बस्ती र खोला नजिक सरसफाई केन्द्र राख्दा समुदायमा दुर्गन्ध फैलिने भन्दै कुनै पनि हालतमा त्यस स्थानमा सरसफाई केन्द्र स्थापना हुन नदिने भन्दै बिरोध गरिरहेको छन् ।

राप्ती गाउँपालिका वडा नं. ४ ले सरसफाई केन्द्र निर्माण सम्बन्धी छलफल समेत सम्पन्न गरेको छ भने सो अवसरमा श्रोत व्यवस्थापन प्रालिका कार्यकारी निर्देशक कृष्ण भण्डारीले फोहर व्यवस्थापन सम्बन्धी विषयमा बिस्तृत रुपमा जानकारी दिएका थिए । छलफलमा स्थानीयहरुले पालिकाले बनाउन लागेको सरसफाई केन्द्र कुनैपनि हालतमा उपयुक्त स्थानमा नभएको र सो सरसफाई केन्द्रले वडामा नै दुर्गन्ध फैलिदै निकट भबिष्यमा महामारी सम्म फैलिने भन्दै सरफाई केन्द्र राख्न नदिने भन्दै बिरोध गरेका थिए । उक्त स्थानमा सरसफाई केन्द्र बनाउँदा वडाको जग्गाको भाउमा गिरावट आउनुका साथै केन्द्र नजिकका बासिन्दाहरु दुर्घन्धका कारण बिस्थापित नै हुनुपर्ने अवस्था हुन सक्ने समेत स्थानीयहरुले बताएका छन् ।

वडा नं. ४ वडाध्यक्ष विरबहादुर चौधरीले सरसफाई केन्द्र निर्माणमा वडा र टोलबासीको सहमति रहेको बताएपछि कार्यपालिका बैठकले सो स्थानमा सरसफाई केन्द्र निमार्ण गर्ने निणर्य गरेको थियो । पालिकाले उक्त स्थानमा सरसफाई केन्द्र निर्माण सुरु गर्नुको साथै विज्ञापन आव्हान गरी सरसफाई सुपरिवेक्षक, ब्याक्होलोडर र ब्याक्होलोडर हेल्परमा पदपुर्ती समेत गरिसकेको छ ।

स्थानीयहरुले भने वडा अध्यक्षले स्थानीयबासीसँग कुनै सल्लाह नै नगरी सरसफाई केन्द्र निर्माण भइरहेको आरोप लगाएका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यो सरसफाई केन्द्र ल्याण्डफिल साइड जस्तो नभई वालिन र घोराहीमा बनेको सरसफाई केन्द्र कै मोडेल रहेको बताए । ‘भौलिक हिसाबले समेत उपयुक्त रहेको भनेर वातावरण बिज्ञले समेत दिएको सुझाब अनुसार उक्त स्थान रोजेका हौं ।’ अध्यक्ष विष्टले भने –‘उक्त स्थान सबै हिसाबले पाएक पर्ने, कम खर्चमा फोहर व्यवस्थापन गरिने स्थान रहेको छ ।’

उक्त सरसफाई केन्द्र अत्याधुनिक प्रबृद्धिको प्रयोगबाट निर्माण गरिने हुँदा फोहरलाई प्रशोधन गरी गल्नेलाई मल बनाउने र नगल्नेलाई पुनः प्रयोगका लागि बिक्री गर्ने उद्देश्यले मात्र यो सरसफाई केन्द्र बनाउन लागेको अध्यक्ष विष्टले बताए । अध्यक्ष बिष्टले सरसफाई केन्द्र बनाएकै कारण कोही बिरामी भएको अस्पतालले प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।

फोहर व्यवस्थापनमा यसरी बिरोध गर्ने हो भने राप्ती गाउँपालिकाको फोहर व्यवस्थापन कहिलै हुन सक्दैन । विकासको काममा यसरी बिरोध गर्दैगर्दा यसको विकल्प पनि दिन सक्नु पर्छ ।

मौरीघाटमा निमार्ण भईरहेको सरसफाई केन्द्र निर्माणमा एमालेको बिरोध रहेको चर्चा चलिरहदा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी भने सरसफाई केन्द्र बनाउने विषयमा एमालेको कुनै बिरोध नरहेको स्पष्ट पारेकी छन् । उनले भनिने –‘यो एकदमै गलत हो, सरसफाई केन्द्र निर्माण गर्नुपर्छ भन्ने पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ ।’

समृद्धिमा राप्ती गाउँपालिका बनाउनुको साथै सफा र सुन्दर पालिका बनाउन ‘मेरो पालिकाको लागि २ घण्टा स्वयंसेवा‘ भन्ने नाराका साथ सरसफाई महाअभियानको सुरुवात गरेको राप्ती गाउँपालिकाको यस अभियानलाई सरसफाई केन्द्र निमार्णमा स्थानीयको बिरोधका कारण असर पर्ने देखिन्छ ।

यसरी कुनै बिकल्प विना सबै वडाहरुले आ आफ्नो स्थानमा सरसफाई केन्द्र स्थापना गर्दा बिरोध जनाउने हो भने कसरी फोहर व्यवस्थापन हुन सक्छ भन्ने प्रश्न खडा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation