देउखुरी १४ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे ।
निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
एम्बुलेन्सले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा पुर्याउन नि:शुल्क सेवा दिने छ ।
सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको रा १ झ ४२ नम्बरको एम्बुलेन्सलाई गाउँपालिकाले साे सेवाका लागि सञ्चालनमा ल्याइएको हो । बिरामी अन्यत्र लगेर जानु परेमा अर्को एम्बुलेन्स प्रयोग गर्नु पर्ने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनभयो ।
स्वास्थ्य चौकीका लागि केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने कुरा छ, रावतले भन्नुभयो – “पहिले सुत्केरी महिलाहरुलाई मात्र निःशुल्क सेवा प्रदान गर्दै आएका थियौं अहिले त्यो सेवालाई बढाएका छाैं ।”
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुऱ्याउने छ ।
“कतिपय विकट गाउँहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई उपचारका लागि स्वास्थ्य चाैकी सम्म आउन निकै समस्य छ”,अध्यक्ष विष्टले भन्नुभयो-“उहाँहरु जस्तै पालिका भरि रहेका ८० वर्ष देखि माथि उमेर समूहका जेष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवहरुलाई उपचारका लागि पालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्था सम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हाैं ।”
उक्त एम्बुलेन्स सेवा लिनका लागि एम्बुलेन्स चालककाे माेबाईल नम्बरमा ९८५७८३२७८९ मा सम्पर्क गर्नु पर्ने छ । जेष्ठ नागरिकहरुले एम्बुलेन्स सेवा प्रयोग गर्दा अनिवार्य उमेर खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपी पेश गर्नु पर्ने बताइएको छ ।
साे सेवा सञ्चालन भए पश्चात् पालिका भरि रहेका ८० वर्ष देखि माथिमा २०५ पुरुष र २८४ महिला गरि कुल ३ सय ८९ जना जेष्ठ नागरिकहरु सहित क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवहरु प्रत्येक्ष लाभान्वित हुने भएका छन् ।