बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाले ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने

देउखुरी १९ भदौ । दाङको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे संयुक्त तयारी बैठक बसेको छ ।

“दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरता प्रवर्द्धन ” भन्ने मूल नाराका साथ भदौ २२ गते अर्थात शुक्रबार मनाइने उक्त दिवसका अवसरमा पालिकाले २० गते पालिकाकाे सभाहल मसुरीयामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विषयमा वक्तृत्वकला, कविता वाचन र निबन्ध प्रतियोगिताकाे आयोजना गरेको छ।भने २१ गते प्राथमिक र आधारभूत तहका विद्यार्थीहरुलाई आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।

त्यस्तै उक्त दिवसको अवसरमा शैक्षिकसत्र २०७९ मा विभिन्न तहमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएको छ ।

आज बसेको साे बैठकले प्रतियाेगित्मक कार्यक्रम लाई व्यवस्थित र मर्यादित बनाउनका लागि विभिन्न उप समितिहरु समेत गठन गरेकाे छ ।

बैठकमा शिक्षा समितिका पदाधिकारी, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र स्काउट शिक्षकहरुको उपस्थिति रहेको थियो ।

बैठकको सहजीकरण गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation