देउखुरी २३ भदौ । राप्ती गाउँपालिका स्तरीय सहिद, बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ ।
जसको सह संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहनु भएको छ ।
त्यस्तै अन्य सदस्यहरुमा वीर बहादुर पुन, आसविर घर्ती, शान्ति राेका, नुमादेवि थापा, टुकमान विष्ट, कृष्ण घर्ती, गिर प्रसाद न्याैपाने, पदम नारायण चाैधरी, हुकुम बहादुर सन्यासी, सन्तुदेवि रावत, केमीसरा पुन र कृष्णबहादुर पुन रहनु भएको छ ।
भेला नेकपा माओवादी केन्द्र राप्ती गाउँकमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साे अवसरमा बाेल्दै सचिव अधिकारीले सहिद, बेपत्ता, घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
सहिद, बेपत्ता, घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको हाे-सचिव अधिकारीले भन्नुभयो-“राजनैतिक परिवर्तनकै कारण देशको व्यवस्था परिवर्तन भए पनि जनताहरुकाे अवस्था परिवर्तन भएको छैन अब अवस्था परिवर्तन गर्न सबैकाे हातेमालो हुन आवश्यक छ ।”
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सचिव अधिकारीले केन्द्रमा माओवादी पार्टीको बहुमतकाे सरकार नहुँदा सहिद, बेपत्ता, घाइते र अपांगहरुका कतिपय मागहरु पूरा हुन नसकेको बताउनुभयो ।
भेलामा पार्टीका जिल्ला सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, रण प्रसाद सुवेदी, पार्टीका गाउँपालिका उपाध्यक्ष रण बहादुर पुजाली, थारु मुक्तिमोर्चाका गाउँकमिटी अध्यक्ष तथा २ नम्बर वडा अध्यक्ष पहलवान, चाैधरी लगायतका वक्ताहरुले देशको व्यवस्था परिवर्तन गर्न सहिद, बेपत्ता, घाइते र अपांगहरुको याेगदानकाे चर्चा गर्दै पार्टीले त्यस्ता परिवारहरुको सम्मान गर्नु पर्ने कुरामा जाेड दिनु भएको थियो ।
पालिका भरिका सहिद, बेपत्ता, घाइते र अपांगहरुको परिवारका सदस्यहरु सहभागी रहेको भेलाको सहजीकरण गाउँ कमिटीका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।