शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम प्रदान

देउखुरी २३ भदौ । राप्ती गाउँपालिका दाङका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएकाे छ ।

तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वय र फ्रेड हलाेज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चाैकी सिसहनियाँकाे हलमा तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार नै अन्धकार हुन भन्दै त्यसको सरसफाइ तथा उपचारमा विशेष ख्याल पर्ने बताउनुभयो ।

उहाँले भन्नू भयो -“आँखा अति सम्वेदनसील अंग हाे । यसकाे विशेष ख्याल गर्नु पर्छ ।”

यस प्रकारको तालिम पालिकामै पहिलो भएको भन्दै अध्यक्ष विष्टले आँखाकाे आधारभूत उपचार जस्तो तालिम आफैमा महत्त्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै उहाँले राप्ती गाउँपालिका र हलाेज फाउन्डेसनको सहयोगमा आँखा कम्जोर भएका विद्यार्थीहरुलाई अधिकतम १ हजार रुपैयाँ सम्मकाे चस्मा नि:शुल्क उपलब्ध गराउने समेत जानकारी दिनु भयो ।

आँखा उपचार केन्द्र सिसहनियाँका ईन्चार्ज बिमल बिसीका अनुसार पालिकाकाे वडा नम्बर १ देखि ७ सम्मका सामुदायिक विद्यालयका शिक्षकहरुलाई भदौ २२ गते र वडा नम्बर ८ र ९ का सामुदायिक विद्यालय र ९ वटै वडाका संस्थागत विद्यालयहरुका शिक्षकहरूलाई २३ गते तालिम प्रदान गरिएकाे हाे ।

तालिममा आँखामा हुने समस्या, आँखाको हेरचाह, समस्या भए गरिने घरेलु उपचार लगायतको विषयमा जानकारी गराइएको इन्चार्ज बिसीले बताउनुभयो । गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका ४५ जना शिक्षकहरुकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा कार्यक्रम संयाेजक हस्त बहादुर राई, संजीव महत, राजेन्द्र सिंह धामी र विमल बिसी रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation