देउखुरी २६ भदाै । राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका ४ माैरीघाटकाे समुह प्रथम भएको छ ।
लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती ३ मसुरिया द्वितीय, ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती २ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती ५ सिङ्गे सान्त्वना भएका छन् ।
गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः दस हजार, सात हजार ५ सय, पाँच हजार र तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
साे अवसरमा बाेल्दै सभामुख घर्तीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो माैलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जाेड दिनुभयो ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीकाे सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनु भयो । पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएकाे बताउदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेकाे मात्रै नभई हुदा खानेकाे लागि पनि हुनु पर्ने बताउनुभयो ।”अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्छ।” – अध्यक्ष विष्टले भन्नुभयो ।
कार्यक्रममा पूर्व न्याय परिषदका सदस्य पदम वैदिक, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, जग्गा एकीकरण आयाेजनाका अध्यक्ष श्यामेश चाैधरी, पालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी लगायत अन्य जनप्रतिनिधि, महिला समूहका सदस्य, कर्मचारी, संचारकर्मीहरुकाे सहभागीता रहेको थियो ।
पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गर्नु भएको थियो ।