दाङ २९ भदौ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको मानविकी संकायका दोस्रो वर्षका विद्यार्थीद्वारा पीआरए ( Participatory Rural Appraisal) सहभागितामूलक ग्रामिण लेखाजोखा पद्धतिको अभ्यास प्रतिवेदन पुस्तकालयमा हस्तान्तरण गरेको छ ।
वि ए दोश्रो वर्षका अध्ययनरत छात्र गणेश पौडेलको संयोजकमा प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदन हस्तान्त्रण कार्यक्रममा क्याम्पस प्रमुख भरतराज न्यौपाने, समाजशास्त्र विषयका प्राध्यापक हरी रावत, पुस्तकालय प्रमूख कमला पाैडेल, स्ववियु सभापति मनाेज शर्मा, विद्यार्थीको तर्फबाट सुरेन्द्र पुन र देवा भुसालले शैक्षिक र पीआरए बारेमा र शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण समीक्षा लामिछानेले गर्नु भएको थियो ।