Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भृकुटी महिला विकास सहकारीको २१ औं साधारण सभा सम्पन्न

देउखुरी ३० भदौ । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ३ मसुरीयाको २१ औं वार्षिक साधारणसभा शनिबार संस्थाको कार्यालय मसुरीयामा सम्पन्न भएको छ ।

सभा संस्थाका अध्यक्ष हिमाली न्याैपानेकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

“सहकारीकाे दिगोपन:स्वनियमन र सुशासन “भन्ने मुल नाराका साथ साधारणसभामा सम्पन्न भएको हाे ।

संस्थाकी उपाध्यक्ष पार्वती सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, संस्थाकी संस्थापक अध्यक्ष तारा भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे ।

सभामा ३ जना असल ऋणी, ५ जना असल बचतकर्ता, १ जना जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै १० जना शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो ।त्यस्तै उक्त सभामा संस्थाकी सह- लेखापाल रेखा गैरेलाई उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation