आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्युठानी गायक ऋषि खड्का ले पाए आठौं राप्ती अवार्ड

प्युठान को माण्डवी गाउँपालिका ५ रम्दी घर भई हाल काठमाडौं मा बसोबास गर्दै आएका चर्चित गायक ऋषि खड्का ले आठौं राप्ती अवाड प्राप्त गर्न सफल भएका छन् । बुवा हुम बहादुर खड्का र आमा दला कुमारी खड्का को कोख बाट २०४९ फागुन १६ गते का दिन धर्तीमा पाइला टेकेका हुन् । सानै उमेरदेखि नै गित संगीत लाई माया गर्ने गित गाउन रूचि राख्दथे ।

प्युठानकै माटोमा जन्मि हुर्की अहिले प्युठानलाई गित संगित को माध्यम बाट संसार भर चिनाउन सफल भएका छन् । प्युठानको चेलो चर्चित गायक तथा संगीतकार को रूपमा परिचित खड्का विगत १५ वर्ष देखि संगीतको क्षेत्रमा आवद्ध भइ हालसम्म उनले सर्व उत्कृष्ट गितहरुमा आफ्नो आवज राखेका छन् ।

२०६८ साल देखि संगीत यात्रा सुरूवात गरेका उनले १७ वर्षको उमेरमा उनले आफ्नो पहिलो गित ’जान्छु प्रदेश धन कमाउन…’ रेकर्ड गरेका थिए । गित रेकर्ड भए तापनि विशेष कारण उक्त गित सार्बजनिक हुन भने सकेन । २०७१ सालमा खड्का ले आफ्नै लय शब्द विष्णु माझी र आफ्नै आवाजमा ’मेरो माया तिमीलाई अर्पण गरेको छु ..’बजारमा लिएपछि सर्वाधिक रूचाइएको थियो ।

 

यही गित रेकर्ड गराएसँगै उक्त गितले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । दोहोरी गित तर्फ मेरो माया तिमीलाई अर्पण गरेको छु, ए नि बरै,ए निकाले,कुन मन्दिरमा धाउ,स्याबास छ तिमलाई,दाते ओखर, मन परेको भेना,सुन सबैले सुन,ति तिम्रा नजर रसाय, पिपलु लाई जल चढाउ है, हरेक पलमा तिम्रो साथ पाए लगायतका दुई सय भन्दा बढि दोहोरी गीत मा आफ्नो स्वर सँगै शब्द संगीत गरिसकेका छन् ।

दशैं प्रदेशी गित तर्फ ए प्रदेशी कि निस्टुरी पो छौकी, उकाली चढौला ओरालि झरौला भाग १ देखि ७ सम्म आधुनिक गीत तर्फ ए जिन्दगी,पत्थरको मुटु, माया को भिक, मलाई मारिदिनु’’ कन्चन, भुल्ने बनाईदेउ जस्ता दर्जनौ संगीत गरिसकेका छन् । यही महिना काठमाडौँ मा भएको राप्ती अवार्ड मा उनले पत्थरको मुटु बोलको गीतको सँगीत गारेर उक्त अवार्ड जितेका हुन् । उनले अहिलेसम्म १२/१३ पटक अवार्ड जितिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation