शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राजमो घोराहीले तय गर्यो संगठन निर्माण अभियान

दाङ ३१ भदौ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ ।

कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती, लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस र नेकपा मसालको नबौ महाधिवेशन सहितका महत्त्वपूर्ण तीन अभियान नै ऐतिहासिक तीन अभियान भएको नगर सचीव रामप्रसाद पोख्रेलले बताउनु भयो ।

उक्त अभियान अन्तरगतको संगठन निर्माण अभियान घोराही उपमहानगरलाई ६ भागमा बिभाजन गरि हुनेछ । त्यसको लागि ६ ओटै टोलि निर्माण भएको छ । त्यसको सयोजक र इन्चार्ज पनि तय भएको छ ।

अभियान असोज ६ गते युबा र बिद्यार्थीहरुको नगर स्तरीय बृहत् सम्मेलन गरि उदघाटन गरी महिना भरी संचालन हुने नगर अध्यक्ष मनिराम खनालले बताउनु भएको छ । नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा भएको बिस्तारित बैठकले उक्त कार्यक्रम तर्जुमा गरेको हो ।

देशमा संघीयता असफल भएको, महङ्गिले सिमा नाघेको, भ्रष्टाचारले देश बदनाम भएको, राष्ट्रघातले सिमा नाघेको, बुर्जुवा दलहरुका कारण राजनीतिमा बितृस्णा जागेको, क्रान्तिकारी आन्दोलनमा स्खलन आएको र यी तमाम समस्यामा राष्ट्रिय जनमोर्चाले मात्र खबरदारी र सचेतना प्रदान गर्दै आएकोले जनजनमा जनमोर्चा, मनमनमा जनमोर्चा, घरघरमा जनमोर्चा बनाउन सम्पुर्ण कार्यकर्ता असोज महिना भरी जनताको घर घरमा पुग्ने कुरा बैठकमा उपस्थिति जिल्ला अध्यक्ष गणेश आचार्यलेले बताउनु भयो ।

बैठकमा प्रदेश सल्लाहकार सुरेश थापाले अभियानको महत्त्वको बारेमा प्रकाश हाल्दै बिस्तृत प्रशिक्षण मन्तव्य राख्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation