देउखुरी ८ असोज । दाङको राप्ती गाउँपालिकाले भर्खरै सरुवा भएर दाङ आउनु भएका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई स्वागत गरेको छ ।
पालिकाले आज एक कार्यक्रमको आयोजना गरी पालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले सुवेदीलाई स्वागत गर्नुभएको हो । पालिकाले प्रमुख जिल्ला अधिकारी सुवेदी सहित भर्खरै सरुवा भएर जिल्लामा आउनु भएका प्रशासकिय अधिकृत अमरराज शर्मालाई समेत स्वागत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले स्वागत कार्यक्रममा संबोधन गर्दै विशेष गरी जिल्ला भित्र शान्ति सुरक्षा कायम गर्ने, सुसासन प्रबर्धन गर्ने र जिल्लाभरीमा सम्पूर्ण सुरक्षाको समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै स्थानिय सरकार सँग समन्वयकारी भूमिका महत्व पूर्ण हुने हुदा सुचना प्रभाव गर्न जोड दिनुभयो ।
सोही अवसरमा राप्ती प्रेस मञ्चले पनि प्रमुख जिल्ला अधिकारी सँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।