देउखुरी १० असोज । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर १ बगासोतीमा रहेको बराह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
रोटरी क्लव अफ राप्तीले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । राेटरी क्लव अफ लमजुङको विशेष सहयाेगमा कक्षा एक देखी चार सम्मका विद्यार्थीलाई झोला वितरण गरिएको थियो ।
आर्थिक अवस्था कमजोर भएका कारण झोला किन्न नसक्ने भएकाले विकट वस्तीका विद्यार्थीलाई सहयोग गरिएको रोटरी क्वल अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपानले बताउनु भयो । ‘किताव कापी हातमा बोक्दा च्याथिने डर हुन्छ । पानी पर्दा भिज्ने समस्या भएकाले विद्यार्थीलाई झोला प्रदान गर्यौं’अध्यक्ष न्यौपानेले भन्नुभयो,‘अव विद्यार्थीलाई पानी पर्दा किताव भिज्ने डर हुदैन ।’
विद्यालयमा बुधवार एक कार्यक्रमका विच विद्यार्थीलाई झोला हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनुका राई, प्रधानाध्यापक भिस्मा विक, रोटरी क्लवका तपराज आचार्य, गोपाल आचार्य, बसन्त गिरी, अनिल केसी लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गर्नु भएको थियो ।
विकट ठाउँको विद्यालयलाई प्राथमिकता दिएर सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक भिस्मा विकले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।