बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा तीन सय बढी माेतिविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

देउखुरी ११ असाेज । राप्ती गाउँपालिकामा असाेज नाै गते देखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेतिविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो ।

गत भदौ महिनाकाे २३ गतेदेखि असाेज ७ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा, प्युठानकाे सरुमारानी, बाँकेको राप्ती साेनारी गाउँपालिकाका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका विभिन्न २३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट छनाेट भएका ३ सय १७ जना माेतिया विन्दु भएका आँखाका बिरामीहरुकाे शिविरमा शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनु भएको छ ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका डाक्टर श्याम व्यास नेतृत्वको पाँच जना डाक्टरहरुको टाेलीले बिरामीहरुकाे आँखाको अप्रेसन गरेकाे हाे ।

आँखा केन्द्र सिसहनियाँले गत वर्षको चैत्र महिनामा पनि ३ सय १४ जना माेतिविन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेको इन्चार्ज बिसीले बताउनुभयो ।

यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखाका बिरामीहरुलाई घर आगनमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताउनु भएकाे छ ।

त्यस्तै उहाँले निःशुल्क शिविरले जनतामा स्थानीय सरकार रहेकाे प्रत्याभूति समेत गराएको बताउनुभयो ।

पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले आँखा शिविरले नागरिकहरुकाे पैसा र समय दुबैकाे बचत भएकाे बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation