Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान

गढवा । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा सनिवार पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गरेका छन ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । स्वाभिमान युवा क्लबको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाकाको सह आयोजनमा सनिवार गढवा गाउँपालिका वडा नम्बर एक कालाकाटेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्वाभिमान युवा क्लबका अध्यक्ष ऋषिराम पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी र नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादवको बिशिस्ट आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा रक्तदान पछी कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वाभिमान युवा क्लबको सरहनिय कामको खुलेर प्रशंसा गर्नु भयो । मानव जिवनको रक्षाका लागि क्लवले गरेको काम नमुना काम भएको बताउनुभयो । रगतको अभाव हुन नदिन, मानव सेवामा समर्पित रक्तदान लगाएतका अन्य काम पनि क्लब संग सहकार्य गर्दै जाने बताउनुभयो । समग्र गढवा गाउँपालिकाको बिकाशको पालिकाले बिभिन्न संघ संस्था, क्लबहरु लगायत संग सहकार्य गर्न चाहेको बताउदै आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्ने बताउदै स्वाभिमान युवा क्लबले आयोजना गरेर रक्तदान कार्यक्रम सम्पन्न गर्नु आफैमा खुसीको कुरा भएको बताउनु भयो । ‘रक्तदान नै जीवन दान हो’, उहाँले भन्नु भयो, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण, प्रशंसा योग्य छ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादवले युवाहरू परिवर्तनको सम्वाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation