Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चाडपर्वमा मूल्यवृद्धिको विरोधस्वरूप रास्वपाले गर्यो सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै भनेका छन्, ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।’

प्रधानमन्त्री प्रचण्डले आइतबार ११ बजे ७ राष्ट्रिय दलहरुलाई राजनीतिक छलफलका लागि बालुवाटार बोलाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation