देउखुरी । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका रामचरण चाैधरीकाे शव तीन दिन पछि फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजे चाैधरीकाे शव फेला पारेकाे राप्ती गाउँपालिका बडा नं ३ का वडाध्यक्ष उमेश अधिकारीले बताए ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयाका ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार माछा मार्ने क्रममा राप्ती नदिमा बगेर बेपत्ता भएका थिए । चाैधरीकाे शव गढवा गाउँपालिका १ जेठानगाउँको राप्ती नदीघाटमा फेला परेको हाे ।











