Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही खानेपानीद्वारा नव निर्वाचित टिमलाई स्वागत तथा सम्मान

लमही १७ असोज । १२औं अधिबेशन तथा २०औं साधारणसभा वाट निर्वाचित देउखुरी उद्योग बाणिज्य संघका पदाधिकारीहरूलाई आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएकाे छ ।

संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता र प्रमुख अतिथि नव निर्वाचित अध्यक्ष कमल जंग सिह ठकुरी रहनु भयकाे थियाे ।

उपस्थित सम्पुर्णलाई खादा तथा अबिरद्वारा सम्मान गरियकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि ठकुरीले उद्योग ब्यवसायमा देखिएकाे संकट, ब्यपारीका समस्या, अटाे भिलेजलाई ब्यबस्थित गर्ने ब्यवसायीलाई पलायन हुन नदिनका लागि जुन सुकै रणनीति बनायर अघि बढ्ने कुरा ब्यक्त गर्नु भएकाे थियाे । यसका लागि सम्पूर्ण साथिहरूलाई कार्य बिभाजन गरिसकेकाे र आबश्यक रणनीति बनायर जानका लागि टिम जुटिसकेकाे कुरा जानकारी गराउनु भयाे ।

खानेपानी र उद्योग बाणिज्य संघ सधै साथ सहयाेगि भयर समाजिक शेवामा लागेकाे संस्था भयकाे हुँदा सदैव उपभोक्ता ब्यापारी र ग्राहककाे हकहितका लागि काम गर्नु पर्ने अध्यक्ष चौधरीले बताउनु भयो ।

संस्थाकि उपाध्यक्ष सितादेबी चाैधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सचिब बसन्त आचार्यले गर्नु भयकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation