
काठमाडौँ । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्म कै उच्च हो ।
दशैंको मुखमा डेंगु लागेपछि सर्वसाधारणको बिचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ ।