काठमाडौं । प्यालेष्टाइन र इजरायलको युद्धमा परी १० जना निर्दाेष नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ ।
इजरायलमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले सुतिरहेकै अवस्थामा बमबारीमा परेर ज्यान गुमाएका हुन् ।
तेल अभिभस्थित इजरायलका लागि नेपाली दूतावासले १० नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट छन् । त्यस्तै धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
युद्धमा ६ नेपाली घाइते भएको र एक जना सम्पर्कविहिन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।