शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा देशभरका ७ सय बढी अगुवा पत्रकारहरू सहभागी हुनेछन् । यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि ५० लाख रकम आवश्यक पर्ने पनि सेजुवालले बताए । उक्त रकम आधा भन्दा बढी केन्द्रीय समितिले ब्यवस्थापन गर्नेछ भने बाँकी प्रदेश र स्थानीय तहसँग समन्वय गरिने उनले बताए । यद्यपि वीरेन्द्रनगरमा ७ सय जना अट्ने होटल र सभाहल भने छैनन् । त्यस बारेमा निजी क्षेत्रसँग समन्वय गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation