Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दशैंमा राहत : पेट्रोलको मुल्य प्रती लिटर ११ रुपैयाँ घट्यो

काठमाडौं २८ असोज । पेट्रोलियम पदार्थको मूल्य घटेको छ नेपाल आयल निगमले आइतबार राति १२ बजे देखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यसभन्दा पहिले प्रचण्डको निर्देशनमा निगमले मूल्य घटाएको थियो ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा १५ रुपैयाँ घटेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation