मङ्लबार, कार्तिक २६, २०८२

अखिल (क्रान्तिकारी)विद्यार्थी संगठनद्वारा भालुवाङमा सम्पन्न फुटबल खेलकाे पुरस्कार युवा क्लब लाहापेलाई

देउखुरी १ कार्तिक । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङद्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ ।

मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिन सम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा युवा क्लब लाहापे बिजय भएको हाे ।

बिजेता क्लबलाई पुरस्कार स्वरुप नगद आठ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उप बिजेता आयोजक टाेलीलाई नगद चार हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका युवा क्लब सहित छिमेकी जिल्ला अर्घाखाँचीका गरि १३ युवा क्लबको सहभागीता रहेको थियो ।

मूल इकाई समिति अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यता र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation