Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बर्षाका कारण अबरुद्ध भएको ग्रामीण मोटरबाटोको मर्मत कार्य शुरु

देउखुरी २ कार्तिक । वर्षाका कारण अवरुद्ध रहेको दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ देखि बङ्गलाचुली जाेड्ने ग्रामीण माेटर बाटो अन्तर्गत करङ्गेकाेट – पुनखाेला माेटर बाटोको बुधबार देखि मर्मत कार्य शुरु भएको छ ।

वर्षातकाे समयमा ठाउँठाउँमा गएको पहिराेका कारण अवरुद्ध रहेको बाटो सुचारु गर्नका लागि मर्मतको कार्य शुरु गरिएको हाे ।

बाटो अवरुद्ध भए सँगै सिसहनियाँ – पुनखाेला, करङ्गेकाेट – पुनखाेला र सिसहनियाँ – बङ्गलाचुली यात्रा गर्ने यात्रीहरुलाई सास्ती भाेग्नु परेको थियो ।

दशै अगाडि नै साे खण्डको बाटोको मर्मत कार्य सक्ने र पालिकाका अन्य ठाउँका ग्रामीण माेटर बाटाेकाे पनि क्रमश मर्मत गरिदै जाने पालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation