Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरीको सिंगेखोला पुल नजिक स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिसहनियाँ २ कार्तिक । दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८/३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका ५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको छ । मृतकको शवलाई अहिले स्वास्थ्य चौकीमै राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation