दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आज आइतवार दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेकाे जानकारी पाएलगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीकाे सहयाेगमा खाेजी गर्दा तीन घण्टापछि हिलाेमा गाडिएकाे अवस्थामा मृत भेटिएकाे तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो । पाैडी खेल्न उनीसँगै तीन जना गएको प्रहरीले जनाएकाे छ ।