Dangali Onlinekhabar

Advertisment

SKIP THIS

झन्डा वाला गाडिबाट ओर्लिएर मन्त्रीले गरे घाइतेको उद्दार

भालुबाङ ३ कार्तिक । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेयले आज मोटरसाइकल दुर्घटनामा परेका घाइतेको उद्दार गरेका छन ।

काठमाडौं बाट बर्दिया फर्कने क्रममा दाङको धानखोला क्षेत्रमा मोटरसाइकल दुर्घटना परि घाइते घाइते हुनु भएका बर्दिया गेरुवा गाउँपालिका बस्ने वर्ष २३ को खडक चलाउने र उहाँको श्रीमती वर्ष २० कि बसन्ता रोकायालाई घाइते अवस्थामा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री मा. सन्तोष कुमार पाण्डेयले आज आफै उद्दार गरेर अस्पताल पुराएका हुन ।

आफू चढ्ने झन्डा वाला गाडी(लु १ झ ७४९) मा लिएर दाङको भालुबाङ अस्पतालमा उपचारको लागि पुर्याइएको मन्त्रीका सोकिय सचिब जैनुद्दिन देवानले जानकारी दिएका छन ।

घाइते दुबै उपचार पछि डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation