
धनुषाको ढल्केवरस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ मिथिला नगरपालिका-६ ढल्केवर स्थित रहेको धनुष ट्रेडर्सको पेट्रोल पम्पमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीले स्थानीय र दंगा प्रहरीको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । आगलागीका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान थालिएको उनले बताए ।