गढवा १४ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर २, सोमाइथान मन्दिर अगाडि रा २ प ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमो मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।