ईङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।
घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हरायो । पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गयो । सिटीको जितमा इर्लिङ हाल्यान्ड र फिल फोडेनले ह्याट्रिक गरे । हाल्यान्डले खेलको ३४, ३७ र ६४ औं मिनेटमा र फोडेनले ८, ४४ र ७२ औँ मिनेटमा गोल गरे । युनाइटेडका लागि खेलको ५६ औँ मिनेटमा एन्टोनीले गोल गरे । यस्तै एन्थोनी मार्सियलले खेलको ८६ औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।
आजको जितसँगै सिटीले आठ खेलमा २० अङ्क जोडेको छ भने युनाइटेडको सात खेलमा १२ अङ्क छ ।