Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै

देउखुरी १६ कार्तिक । राप्ती गाउँपालिका दाङले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ ।

गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नम्बर ८ काे शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाकाे वरपरका झाडी सफाई तथा गाेड मेल गरि संरक्षणको काम गरिरहेको छ ।

वृक्षरोपण गरेर मात्रै नहुने भन्दै राेपिएका विरुवाहरुकाे संरक्षण गर्न थालिएको हाे ।

समाजसेवी व्यक्तिहरुकाे सहभागीतामा दैनिक बिहान ६ बजे देखि ८ बजे सम्म करिब २ घण्टा श्रमदानबाट साे काम भई रहेको छ ।

पालिकाका अध्यक्ष प्रकाश विष्टले बाटाेमा भन्दा माटाेमा पसिना बगाउन युवाहरूलाई आग्रह गर्नु भएको छ ।

“हामीहरुले दैनिक माेर्निङ्ग वाक गरेर बाटाेमा पसिना बगाई रहेका हुन्छौं ” – अध्यक्ष विष्टले भन्नुभयो -” त्यो भन्दा श्रमदानमा जाेडिएर माटाेमा पसिना बगाऔं, त्यसले श्रम गर्ने संस्कृतिको विकास सँगै देशकाे पनि विकास हुन्छ ।”

आजकाल दैनिक बिहान करिब ५ बजे उठ्ने र पैदल साे क्षेत्र सम्म पुगेर विरुवाहरुकाे संरक्षणका लागि झाडी सफाई तथा गाेड मेल गर्ने गरेको अध्यक्ष विष्टले बताउनुभयो ।

खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मा निर्भर बनाउने लक्ष्य पालिकाले लिएको छ ।

उक्त वन क्षेत्र सँगै अन्य विभिन्न स्थानमा गरि पालिकाले यस वर्ष मात्रै करिब ३५ सय फलफुल प्रजातिका विरुवाहरु राेपेकाे छ ।

यस बाट स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गरी युवाहरूलाई स्वदेशमै राेजगारी प्रदान गर्ने उदेश्य पालिकाकाे रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation