शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भालुवाङमा रोटरी क्लव अफ राप्तीको वृहत रक्तदान कार्यक्रम सम्पन्न

देउखुरी । दाङको भालुवाङमा भूकम्पबाट घाइतेहरुको उपचारमा समस्या नहोस् भनेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

भूकम्पमा परि घाइतेहरुको उपचारमा रगतको अभाव हुन नदिन केहि हदसम्म कम गर्ने उद्देश्यले आइतवार दाङको भालुवाङमा रोटरी क्लव अफ राप्तीको आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लव अफ राप्तीको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा राप्ती गाउँपालिका र होटल पौवाको विशेष सहयोगमा रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द, प्राविधिक सिमा वलीेले सेवा दिएका थिए ।

जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लाई गरिएको रक्तदान कार्यक्रममा ४ जना महिला र ४६ जना पुरूष गरि ५० जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रमा होटल पौवाका १४ जना कर्मचारीले रक्तदान गरेका थिए ।

जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावित घाइतेहरुको लागि उपचारमा रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले बताउनु भयो । छोटो समयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेकोमा अध्यक्ष न्यौपानेले सबै रक्तदातालाई धन्यवाद समेत दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation