बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

गढवा २० कार्तिक । दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ ।

पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट एक दिनको सेवा सुविधा वा पारिश्रमिक बराबरको रकम पनि सहयोग उपलब्ध गराइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation