शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते

दाङ, देउखुरीको राप्ती गाउँपालिका – २ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन् ।

दाङको घोराहीबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ६० प ८६७५ नम्बरको मोटरसाइकलले पूर्वबाट पश्चिम तर्फं जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिदा साइकल यात्री राप्ती गाउँपालिका – १, पाखापानी निवासी बर्ष ३९ का सुर्यबहादुर कुमाल र मोटरसाइकल चालक कपिलबस्तु जिल्ला मायादेवी गाउँपालिका – ६ बस्ने बर्ष २२ का अभिषेक चौधरी गम्भीर घाइते भएको प्रहरी चौकी मसुरियाका प्रहरी प्रमुख निमबहादुर केसीले जानकारी दिए ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । दुबै जना घाइतेलाई भालुवाङ अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । साइकलयात्रीले बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिदा उक्त दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation