यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्ग सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।
बिहान १० बजेर ५१ मिनेटको शुभ साइत पारेर विधिपूर्वक दिदी-बहिनीले टीका फूलमाला लगाइ दिएपछि यो क्रम आज दिनभरजसो जारी रहने छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमामार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादिवनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलकामाला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीकालगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभ साइतमध्याह्न १० बजेर ५१ मिनेटमा तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि पनि मिल्ने छ ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापकएलपी भानु शर्माले एउटै परिवारमा जन्मिनु र दुख पनि सुख पनिसँगै भोग्नु सामान्य विषय नभएको भन्दै, भाइटीका, दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई गहिरोसँग बुझ्ने पर्व भएको बताए ।
भाटीकाका समय दाजु-भाइले पश्चिम फर्केर बस्ने र दिदी-बहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम हुने शास्त्रीय मान्यता छ । आजको दिन अधिकांश निधारहरू सप्तरङ्गीहुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठमन्दिरमा अनि काठमाण्डौको रानीपोखरीमा गएर कालगाउने अनि सामूहिक भाइटिकामा जाने पनि चलनरहँदै आएको छ । नेपाल, भारत, भुटान, म्यानमार अनिथाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ ।