Dangali Onlinekhabar

Advertisment

SKIP THIS

तिहारमा प्रयोग भएका र खेर फाल्ने फुललाई राप्ती गाउँपालिकाले खरिद गर्ने

देउखुरी । दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल र मालाको प्रति केजी ५० रुपैयाँमा खरिद गर्ने भएको छ ।

पालिकाले तिहारमा प्रयोग भइसकेको फुल र माला गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई  प्रति केजी ५० रुपैयाका दरले दिने भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तिहारमा प्रयोग भइसकेको फुल र माला गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई प्रति केजी ५० रुपैयाका दरले दिने बताएका हुन् ।

अध्यक्ष विष्टले सयपत्री फुलको प्रयोग पूजा आरधना र माला लगाउनमा मात्र प्रयोग नभएर धेरै ठाउँमा प्रयोग गर्न सकिने बताएका छन् । उनले फुसबुकमा लेखेका छन् “सयपत्री फूलको प्रयोग पूजा आरधना र माला लगाउनमा मात्र नभएर अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । त्यसकारण तिहारमा सयपत्री फूलको (माला)प्रयोगपछि खेर फाल्ने फूललाई राप्ती गाउँपालिका को कार्यालयमा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । प्रयोग भैसकेको फुल/माला प्रतिकिलो :- ५० /- रुपैयाँ ।”

पालिकाले तिहार अघि प्लास्टिक जन्य फुलमालामा कडाइ गर्दै स्थानिय रुपमा उत्पाउन हुदै आएका फुलको प्रवद्धन गर्न पुष्प खेती किसानको नाम र फोन नम्बर समेत सार्वजनिक गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation