![](https://dangalionlinekhabar.com/wp-content/uploads/2023/11/1700316302032-01.jpeg)
देउखुरी २ मंसिर । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको “न्यु डान्स क्रियसन क्लब”ले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर र मिर्गौला पीडित बिरामीलाई हस्तान्तरण गरेको छ ।
क्लबले राप्ती गाउँपालिका वडा नम्बर २ का ब्रेन ट्यूमर जाल्पा परियार र वडा नम्बर ४ का मिर्गौला पीडित सन्तोष मल्ललाई ५/५ हजार रुपैयाँ नगद प्रदान गरेको क्लबका सल्लाहकार आशिष न्याैपानेले जानकारी दिनु भयो ।
देउसी भैलाे खेलेर संकलन गरेको रकम मध्ये बिरामीहरुकाे उपचारमा थाेरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको न्यौपानेले बताउनु भएको छ ।
विगतका वर्षहरूमा पनि देउसी भैलाे खेलेर संकलन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।