गढवा ५ मंसिर । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह मंगलवार गढवामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विध्यार्थी अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो । नेपालमा १२ कक्षा पास गरी बिदेश जानेहरुको संख्या दिन प्रति दिन बढ्दै जानु दु:खद पक्ष भएको बताउदै पढ्ने उमेरमा कमाउने मनस्थिति ठुलो समस्या भएको बताउनुभयो । यस्तो खालको मनस्थितिले समाजको भलो नहुने बताउदै पढाईका लागि मानसिक रुपमा तयारी गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
गुणस्तरीय शिक्षा दिन सके मात्र समाज बद्लिने बताउदै व्यवहारिक र गुणस्तरीय शिक्षामा बढी जोड दिन पर्ने बताउनुभयो । बिद्यालयको स्थापनाकालमा देखी नै योगदान गर्नु हुने परशुनारायण चौधरी जस्ता पात्रहरुको ठुलो योगदान भएको भन्दै त्यस्तो कैयौ ब्यक्तित्वहरुलाई कहिल्यै भुल्न नहुने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका बिशिस्ट आतिथी शारदा कुमारी चौधरीले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट जस्तो सुकै पनि सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त समेत गर्नु भयो । बिगतमा केही नतिजा सन्तोषजनक नआएतापनि पछील्लो समयमा जनता माध्यमिक विद्यालयले राम्रो सुधार गरेको प्रति खुसी ब्यक्त गर्नु भयो । शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएकोले गढवा गाउँपालिकाले शिक्षामा आमूल परिवर्तनका लागि जिवन मुल्य शिक्षा कार्यक्रम लगायतका कार्यक्रम सुरु गरेको बताउनु भयो । गढवा गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि सम्बन्धित सबै संग सहकार्य गर्दै उत्कृष्ट नतिजा ल्याउने वारे सुरुवाती चरणदेखि नै लागिपरेको जानकारी दिनुभयो ।
६३औँ वार्षिकोत्सवमा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक राम सुरत यादवले विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आए सँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको समेत उहाँले बताउनुभयो । विक्रम सम्बत् २०१७ सालमा नेपाल राष्ट्रिय पाठशाला मानपुरको नाममा स्थापना भएको हो ।
नेपाल नयाँ शिक्षाको सुरुवात संगै विक्रम संवत् २०२९ सालमा निम्न माध्यमिक विद्यालय तहको स्वीकृती, विक्रम सम्बत् २०३९ माध्यमिक विद्यालय तहको अनुमति प्राप्त गरी माध्यमिक तहको स्थायी स्वीकृती बिक्रम सम्बत् २०५२ सालमा प्राप्त भएको जानकारी दिनुभयो । साथै २०६३ सालको प्राप्त सम्बन्धनको अनुमतिले बिक्रम सम्बत् २०६३/०६४ सालदेखि उच्च माध्यमिक विद्यालय तहको समेत पठनपाठन सुरु भएको जानकारी दिनु भयो । विध्यालयमा ३३ वटा सिसिटिभी क्यामेरा जडान गरिएको बताउनु भयो । लामो समयदेखि विध्यालयको भोगाधिकारमा रहेका जग्गा समेत नापीशाखा लमहीबाट सुचिकृत भैसकेको जानकारी दिनु भयो । साथै विध्यालयमा हाल सम्म ६ वटा स्मृति कोष स्थापना भएको छ । हरि बहादुर स्मृति कोष, शोभादेवी स्मृति कोष, ऋषि राम पण्डित स्मृति कोष, फर्सुराम सुमकला स्मृति कोष, प्रेम बिसी स्मृति कोष, यागेश्वर पाण्डे स्मृति कोष स्थापना भएका छन । हाल विध्यालयमा लगभग एक हजार ३ सय विद्यार्थी अध्ययनरत रहेको कुरा प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।
६३औं वार्षिक उत्सव समारोहमा एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने हरि बहादुर स्मृति कोषबाट नवराज पौडेल र कक्षा १२ का उत्कृष्ट अंक ल्याउने प्रतिज्ञा न्यौपानेलाई नगद सहित सम्मान गरिएको हो त्यसैगरी उत्कृष्ट शिक्षकको रुपमा बर्ष शिक्षक पुरस्कारबाट राम गोपाल यादवलाई सम्मान गरिएको हो ।
वार्षिक उत्सव समारोहमा शिक्षा प्रेमी तथा समाजसेवी उमाकन्त पन्त, जगतराम यादव, गणेश कुमाल, तेजप्रसाद न्यौपाने, रेशम बिसी, दिनामणी आचार्य, कृष्ण राज पाण्डे, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल दिपक कुमार यादव, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल प्रिन्सिपल बिकाश रजौरे, नेपाल हर्ट फाउण्डेशनका रविलाल आचार्य, जनज्योति मावी बेलाका प्रधानाध्यापक केशवराम यादव, पुर्व बिद्यालय व्यवस्थापन समितिका सदस्य अशोक कुमार यादव, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव लगाएतकाले बोल्नु भएको थियो ।
जनता माध्यमिक विध्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र चालिसेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका राधा गौतमले गर्नु भएको थियो ।