Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नेभ्ला दाङले ३४औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनायो

दाङ ९ मंसिर । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

नेभ्लाले जिल्लाकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नम्बर २ पेदामा रहेको गाैशालाका ३ सय ५० बढी पशुहरूलाई मिनरल बितरण, उपचार, परजिवि नियन्त्रण कार्यक्रम गरि स्थापना दिवस मनाए नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन (नेभ्ला) दाङका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो ।

शान्तिनगर २ का वडाध्यक्ष सुनिल वली र गढवा ६ का वडाध्यक्ष बिरबहादुर आलेमगर सँगकाे समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रमा नेभ्लाका दाङ जिल्ला समितिका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।

पेशागत हकहितका साथै नेपाली कृषक तथा पशुकल्याणकाे क्षेत्रमा क्रियाशिल रहदै आएको नेभ्लाले प्रत्येक वर्ष स्थापन दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation