
दाङ ११ मंसिर । निलसागर सेवा आश्रम दाङद्वारा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्वार गरिएको छ ।
आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्वार गरेको हाे ।
उद्वार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपाली सहित २ जना पुरुष रहेका छन् ।
उनीहरूलाई उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका-८ पिपरीमा राखिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो ।
आश्रममा अहिले ५ महिला सहित २८ जना सडक सहयाेगापेक्षी मानवहरु रहेका छन् ।