देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुबै जना बालकको शवलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।
त्यस्तै उनिहरुको मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुन खाेलाको पुल मुनि नुहाउने क्रममा खाेलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।