
हिन्दुहरूको महान चाड बडा दशैं हामी सबैको घर दैलोमा पुगिसकेको छ । धार्मिक र पौराणिक दृष्टिकोणले असत्यमाथि सत्यको जीत भएको उत्सवको रुपमा यो चाडलाई मनाइने गरिएको छ ।
सबैको घरमा रमाइलो छ । मिठो मिठो खाना पाकिरहेको छ । सबैको चुलोमा मासुका परिकार बनिरहेका छन् । तर यहि दशैं बिपन्न तथा बेसाहाराहरुका लागि निरास बनाउने गरेको छ । उनीहरुको घरमा मिठो मिठो परिकार होइन चुलोमा आगो समेत बोल्न नसक्ने अवस्था रहेको छ । दैनिक हातमुख जोर्न समेत मुस्किल पर्ने उनीहरुका लागि दर्शै होइन निरासको उत्सव जस्तो भएको छ ।
तिनै निरास भएकाहरुका लागि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट यो दशैमा बिपन्न, बेसाहारा र शहिद परिवारको साहारा बनिरहेका छन । अध्यक्ष विष्टले बिपन्न, बेसाहारा र शहिद परिवरलाई दशैमा महल लगाइ रहेको छन् । जसबाट उनीहरुको दशै निरास होइन उत्सवमा परिणत हुदैछ ।
अध्यक्ष विष्टले राज्यकोषको दुरुपयोग गर्दै उनीहरुलाई सहयोग भने गरेका होइन् । गाउँपालिकाको अध्यक्ष भए पश्चात् प्राप्त सेवा सुविधा बाट जम्मा भएको पैसा राप्ती गाउँपालिका भित्र रहेका अति बिपन्न तथा सहिद परिवारको घरमा गएर दशै मनाउन सहयोग गरेको हुन् । अध्यक्ष बिष्टका सचिवालय सदस्य गरिबु चौधरीका अनुसारबिपन्न तथा सहिद परिवारको घरमै गएर सहयोग गरेको बताए ।
विगतका वर्षहरुमा चाडपर्वहरु आउदा निराश हुने राप्ती गाउँपलिकाका अति बिपन्न, बेसाहारा र शहिद परिवारहरु यस वर्षको चाडपर्वमा भने निकै हर्षित भएका छन्। यस वर्ष घरमै आएर अध्यक्षले यसरी सहयोग गर्दा आफु निकै खुसी रहेको राप्ती गाउँपालिका वडा नं. ३ निबासी ६९ वर्षिय केशवराव आचार्यले बताए ।
प्राय दैनिक हातमुख जोर्न समेत मुस्किल हुने उनीहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट उनीहरूकै घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेपछि उनीहरू हर्षित भएका हुन । दैनिक गुजरा चलाउन धौ–धौ भएको बेला चाडपर्व आउदा त झनै चिन्ता लाग्थ्यो । तर यस वर्ष सहयोग पाउदा आफूहरु निकै खुसी भएको राप्ती गाउँपलिका वडा नं. ५ निवसी बेसाहारा पहनु चौधरीले बताएका छन ।
विगतका वर्षहरुमा ज्यालादारी गरेर जसोतसो चाडपर्व मनाए पनि यस वर्ष श्रीमान समय समयमा बिरामी भैरहने र आफुले काम खोज्दा समेत वृद्धा उमेरमा काम गर्न नसक्ने भन्दै कसैले काम नदिए पछि झनै समस्यमा परेको उनकी श्रीमती सितासरी चौधरीले दुखेसो गरेकी थिइन ।
उनीहरु मात्रै हैन उनीहरु जस्तै समस्यामा परेका करिब २३ घरपरिवारलाई आईतबार र सोमबार घरमै पुगेर सहयोग हस्तान्तरण गरेको अध्यक्षका राजनीतिज्ञ सल्लाहकार तथा राप्ती गाउँपालिका वडा नं. २ का पुर्व वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिए ।
अध्यक्ष विष्टले आफुले प्राप्त गरेको सेवा सुविधा बाट त्यस्ता घरपरिवारलाई सहयोग गर्न पाउदा निकै खुशी भएको बताउदै आफु सधैं जनता सँगै रहेकाले कुनै समस्या परे जानकारी गराउन समेत आग्रह गरेका छन ।
अध्यक्ष विष्टले विगतका वर्षहरुमा जनप्रतिनिधि नरहेको बेलामा समेत समस्यामा रहेका घरपरिवारलाई यसरी नै सहयोग गर्दै आइरहेका थिए ।