अर्घाखाँची जिल्लाको बामरुकमा जन्मिएर बाल्यकाल गाउँ घरमै उकाली ओराली, घाँस दाउरा गर्दै रमाउँदै रमाउँदै हुर्किएकी र सानै देखि नाच गान क्षेत्रमा अब्बल लक्ष्मी रेग्मी साङ्गितिक क्षेत्रकै कामको सिलसिलामा हाल काठमाडौंमा बसोबास गर्दै आइरहनु भएको छ ।
साङ्गितिक क्षेत्रमा लागेको करिब करिब तेह्र बर्ष भएको छ र उहाले अहिले सम्म दुई सय पचास भन्दा धेरै गितमा आफ्नो आवाज दिनुभएको छ ।
आज मात्रै नयाँ पञ्चेबाजा गित “बुढेसकालले छुन्छ” Laxmi Regmi Official युटुब च्यानलबाट बजारमा आइसकेको छ । गितमा लक्ष्मी रेग्मी र कृष्ण कंडेलको स्वर, लय/शब्द शिबजी परियार, संगीत संयोजन सागर बिरही, आर.के परियार र प्रियंका नेपालीको अभिनय तथा शम्भु चालिसेले छायांकन गर्नु भएको गितको मारुनी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरिएको छ भने निर्देशन दिप गुरुङको रहेको छ ।
यो गित दर्शक श्रोताहरुको मन मुटुमा बस्ने छ र सबै दर्शक श्रोताहरुले हेरेर अनि सेयर गरेर साथ दिनुहुने छ भन्ने आशा राखेकि छु – रेग्मीले दङ्गाली अनलाइन खबरलाइ भन्नु भयो ।
गायन पेशामा निकै व्यस्त बनेकि रेग्मीलाइ धेरै दर्शक श्रोता, सुभचिन्तकहरु अव रेग्मीको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् ।
विविध समस्याका कारण बिचमा चार पाँच बर्ष म्युजिक क्षेत्रबाट टाढा हुन परेकोले आफ्ना दर्शक श्रोताहरुलाई आफ्नो गितहरुबाट मनोरञ्जन दिन नसकेको र समस्याका बाबजुद पनि घर परिवार र आफन्तजनको राम्रो साथ सहयोगबाट पुनः सोहि क्षेत्रमा आएर दर्शक श्रोताहरुलाई मनोरञ्जन दिइरहेको बताउनु भएको हो ।
रेग्मी पछिल्लो समय लाइभ दोहोरी गितहरुबाट पनि एकदमै चर्चामा आउन सफल हुनु भएको छ । उहाँले दर्जनौं बढी लाइभ दोहोरीमा आफ्नो सुरिलो आवाज दिनु भएको छ । त्यही सुरिलो र मीठो आवाजलाई दर्शक श्रोताहरुले अत्यन्तै रुचाएका छन ।