Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जिल्ला ट्राफिक कार्यालय दाङद्वारा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

दाङ २० मंसिर । जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा जिल्लाका विभिन्न स्थानमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रातिको समयमा गुड्ने सवारी साधनको पछाडी पट्टी रिफ्लेक्टिक स्टिकर टाँस गरिएको छ ।

करिब दुई सय सवारी साधनमा स्टिकर टाँस गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णु न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको थियोे ।

राजमार्गमा रातको समयमा बढी दुर्घटना हुने गरेको, तिब्र गतीका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेकाले सचेत पारिएको छ ।

यसका अतिरिक्त ट्राफिक नियमको पालना गर्दै ४० बर्ष देखी सवारी साधन चलाउदै अशल चालकको परिचय बनाउन सफल राप्ती गाउँपालिका १ निवासी पदमबहादुर जिसीलाई सम्मान गरिएको छ ।

सिसहनियाँ र भालुबाङ्ग क्षेत्रमा राजमार्ग लक्षित कार्यक्रम गरिएको थियो।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष उपस्थितिमा सिसहनियाँमा कार्यक्रम गरिएको थियोे ।

उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सवारी चालक र सडक प्रयोगकर्ताले सडक सुरक्षा र सडक अनुशासनकाे पालना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation